एथ्लेटिको मड्रिडका गोलकिपरले डेब्यू खेलमै तीन पेनाल्टी बचाए
सिंगापुरमा भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलसँग भएको खेलमा ३१ वर्षीय एन्टोनियोले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताएका छन् । एथ्लेटिको मड्रिडका गोलकिपर एन्टोनियो एडनले तीन वटा पेनाल्टी रोक्दै विजयी गोल गरेका हुुन् । एडान केही समयअघि मात्रै रियल बेटिसबाट एथ्लेटिको मड्रिड आएका उनी आर्सनलविरूद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । उनले एथ्लेटिकोबाट आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । निर्धित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टीमा एडनले आर्सनलका हेनरिक एमखितर्यान, जोसेप विलओक र एवार्ड एनकेतिहको प्रहार जोगाएर आफैले गोल गर्दै टिमलाई महत्वपूण जित दिलाए । खेलमा सुरूवाती अग्रता पनि एथ्लेटिको मड्रिडले नै लिएको थियो। लुसिएनो विएट्टोको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लिएको थियो । तर, आर्सनलका किशोर खेलाडी एमली स्मिथ रोवेले गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो। एन्टोनी ग्रिजम्यान, डिएगो गोडिन र डिएगो कोस्टा बिनै मैदानमा रहेको एथ्लेटिकोका लागि एन्टोनियो एडनले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलाई पेनाल्टीमा ३–१ ले हराएको हो ।