सरकारले विद्यार्थीहरुको लागि दिने निःशुक्ल ईनटरनेट यसरी प्रयोग गर्नुहोस्
सरकारले विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट दिने निर्णय कार्यन्वयनमा ल्याएको छ । नेपाल टेलिकम मार्फत विद्यार्थीहरुले यो सेवा लिन सकिने छन् ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणको लागि विद्यार्थी र विद्यालयलाई निशुल्क इन्टरनेट उपलब्ध गराएको हो । मन्त्रिस्तरीय निर्णयबाट १९ भदौमा पारीत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिने उल्लेख गरेको थियो । नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक कार्यको लागि मात्र हुने गरी निःशुल्क सहुलियत शुल्क मा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने निर्देशिकामा मन्त्रालयको भूमिका बारे स्पष्ट लेखिएको छ । यो निर्देशिका असोज १ बाट अनिवार्य कार्यान्वयन को लागि शिक्षा मन्त्रालय सघं प्रदेश र स्थानीय तहका निकाय सरकारलाई निर्देशन दिएको थियो । हाल यो प्रयोगको तरिका सहित बाहिर आएको छ । मन्त्रालयद्वारा जारी गरिएका कार्यान्वयनसम्बन्धी सूचनामा राष्ट्रीय पाठ्यक्रम प्रारूप ले निर्दिष्ट गरेका सिकाइहरु उपलब्धिहरु हासिल गर्न विद्यालय उमेर का अनुकूल सिक्ने वातावरण सिर्जना गर्नुको लागि तीनै तहको सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
निःशुल्क इन्टरनेट प्रयोग गर्ने तरिका हामिले यहाँ समावेश गरेका छौ । ।
१.सवै भन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचयपत्र वा प्रवेशपत्र को फोटो मोवाईलमा खिच्नुहोस वा स्क्यान गर्नुहोस ।
२. त्यसपछि यस https://ntc.net.np/student-kyc लिंकमा गई KYC फर्म भर्नुहोस्
३. proceed मा क्लिक गर्नुहोस ।
४. तपाईको मोवाईलमा 1422 वाट आएको OTP verification कोड ३ वटै वक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ ।
५. आवश्यक रकम रिचार्ज गर्नुहोस ।
६. *1441# डायलगरी आवश्यक volume pack लिनुहोस र Activate भएको पक्का गर्नुहोस । zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस । यो निःशुल्क हुनेछ ।
सबैको जानकारीको शेयर गर्नुहोस !!!