एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ निको
काठमाडौं, असोज ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । यो सँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।
चौबीस घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत पुगेको छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
आइसोलेसनमा कुल १८ हजार २८९ पुगेको छ । होम आइसोलेसनमा दश जार ५२ सहित १८ हजार २८९ जनामा संक्रमितहरु आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा छ हजार ४६४ जना छन् ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।