बैंंग्लोरलाई हराउँदै पन्जाबको विजयी सुरुवात

खेलकुद मुख्य समाचार

एजेन्सी । बैंंग्लोरलाई हराउँदै पन्जाब किङ्सले इन्डियन्स प्रिमियर लिग “आईपीएल” टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा पन्जाबले बैंंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । बैंंग्लोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनायो ।


पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३–४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन बनाउँदा ओडेन स्मिथले २५ रन तथा सारुख खानले २४ रन जोडे । ​बलिङतर्फ बैंंग्लोरका लागि मोहमद सिराजले दुई विकेट लिए । त्यस्तै आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक–एक विकेट लिए ।


यसअघि पहिले ब्याटिङ गरेको बैंंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । ​बैंंग्लोरका लागि कप्तान फाफ डू प्लेसिसले ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै विराट कोहलीले ४१ रन बनाउँदा दिनेश कार्तीक ३२ र अनुज रावतले २१ रन जोडे ।
बलिङतर्फ पन्जाबका लागि अर्शदीप सिंह र राहुल चहारले एक–एक विकेट लिए । जितसँगै पन्जाबले लिगमा एक खेलबाट २ अंक जोडेको छ । पराजित बैंंग्लोरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *