विश्वमै लोकप्रिय टिकटक एपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक अकाउन्ट
पोखरा, मंसिर १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक अकाउन्ट सञ्चालन भएको छ । विश्वमै लोकप्रिय बनिरहेको टिकटक एपमा प्रधानमन्त्रीले आइतबार अकाउन्ट खोलेका हुन् । प्रधानमन्त्रीको यो टिकटक अकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । टिकटक अकाउन्टमा भने कुनै प्रोफाइल फोटो राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् । पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ , यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् ।