आईपीएलः पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हरायो
एजेन्सी– १५ औँ संस्करण इन्डियन प्रिमियर लिग “आईपीएल” टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।मुम्बईमा शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुवात गरेको हो।
वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। कोलकत्ताको जितमा अजिन्का रहाणेले ४४ रन जोडे भने साम विलिङसले २५ रन जोड्दा बनाए। कप्तान श्रेयस एय्यर २० रनमा अविजित रहे।
चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। चेन्नईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै रोबिन उथप्पाले २८ तथा कप्तान रविन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए।
कोलकत्ताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १÷१ विकेट लिए। जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ ।
आजको खेलः दिल्ली क्यापिटल्स भर्सेस मुम्बई इन्डियन्स (३ः४५ बजे)
रोयल च्यालेन्जर्स बैंग्लोर भर्सेस पन्जाब किङ्ग्स (७ः४५)