कोरोनाभाइरस : ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

अन्तराष्ट्रीय खबर मुख्य समाचार स्वास्थ्य

एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन। आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो। उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।
बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गका अनुसार प्रधानमन्त्री अस्पतालमा हुने परीक्षणलाई नियमित परीक्षणका रुपमा व्याख्या गरिएको छ। बिबिसिका अनुसार चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ। कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।

मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए। उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए। त्यतिबेला एनएचएस र त्यहाँका मुख्य कामदारको ताली बजाएर उनले प्रशंसा पनि गरे।
उनले कोरोनाभाइरससम्बन्धी बैठकमा पनि घरमै बसेर सहभागिता जनाएका थिए। एउटा भिडिओ पोष्ट गर्दै उनले आफूमा अझै पनि सामान्य लक्षणमात्रै देखिएको बताएका थिए। मेरो तापक्रम अझै पनि उस्तै छ। त्यसैले सरकारको सल्लाह अनुसार मैले अझै यो लक्षण नजाँदासम्म आफैँ एक्लिएर बस्ने कामलाई जारी राख्नुपर्छ, उनले भने। तर भाइरसलाई पराजित गर्नका लागि हामी स्पष्ट रुपमा पूरै समय काम गरिरहेका छौं।
महारानी एलिजावेथले कोरोनाभाइरसको महामारीविरुद्धको लडाइ यूकेले जित्ने बताएको केहीबेर पछि प्रधानमन्त्री जोनसन अस्पताल भर्ना भएको समाचार आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *