वीरगञ्जका १७ जनामा कोराना संक्रमण कुल संख्या ९९ पुग्यो
नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् ।