लकडाउन जेठ ५ गतेसम्म जारी रहने

नेपाल मुख्य समाचार

काठमाडौं। सरकारले जारी लकडाउन थप १० दिन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी भएको लकडाउन जेठ ५ गते सम्म लम्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लकडाउन जेठ ५ गतेसम्म थपिएको आफ्नो फेसबुकपेज मार्फत सूचना सार्वजनिक गर्नुभएको छ ।सरकारले पाँचौँ पटक लकडाउनको अवधि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *