वीरगन्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा, साउन १७ ।वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिए। उनका अनुसार दुवै महिला वीरगन्ज १६ निवासी हुन्। ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो। […]

पुरा पढ्नुहोस् ...

नारायणी अस्पतालबाट वीरगन्जका २१ कोरोना संक्रमित निको भएर घर फर्किए

वीरगन्ज — मंगलबार राति साढे १० बजे नारायणी अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुषहरु सबैजना वीरगन्ज महानगरपालिकाका स्थानीय हुन् । पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो। उनीहरूलाई गत वैशाख २७ र ३० गते कोभिड–१९ […]

पुरा पढ्नुहोस् ...

अस्पतालमा ठाउँ अभाव,एक नर्स र दुई पत्रकारसहित ८५ सङ्क्रमित

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्डमा खटिएकी एकजना स्टाफ नर्समै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसअघि दुईपटक गराइएको परीक्षणमा कोरोनाको सङ्क्रमण नदेखिए पनि पछिल्लो समयमा गरिएको परीक्षणमा उहाँको पोजिटिभ रिपोर्ट आएको थियो ।अस्पतालमा कोरोना सङ्क्रमितको सख्या बढ्दै गएपछि अस्पतालको पेडियाट्रिक विभागमा कार्यरत ती स्टाफ नर्सलाई अस्पतालको आइसोलेसन वार्डमा खटाइएको थियो ।छत्तीस वर्षीया […]

पुरा पढ्नुहोस् ...

वीरगञ्जका १७ जनामा कोराना संक्रमण कुल संख्या ९९ पुग्यो

नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् ।

पुरा पढ्नुहोस् ...

वीरगञ्जमा थप एक जनामा कोरोना देखियो, संक्रमितको संख्या ६०

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका –३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेपछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमण पुष्टि भएपछि संक्रमितलाई नारायणी अस्पताल ल्याइएको छ । उनी लकडाउनको बेलादेखि नै घरमै रहँदै आएका थिए । उनले रोजा बस्ने र नमाज घरमै पढ्ने गरेको […]

पुरा पढ्नुहोस् ...