निषेधाज्ञा को समयमा खाद्यान्नमा दिंदै आएको छुट बन्द

मुख्य समाचार

पोखरा, आसार ९ गते । साल्ट ट्रेडिङ र सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नमा उपभोक्ताहरुलाई निषेधाज्ञा को समयमा दिंदै आएको छुट बन्द गरेको छ ।

निषेधाज्ञा खुकुलो हुँदै आएको भन्दै अब खाद्यान्नमा उपभोक्ताहरुलाई छुट नदिने निर्णय गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटिसी ग्यास किन्दा उपभोक्ताहरुले जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए ।

साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले हालको परिवर्तित स्थितिअनुसार छुट दिन स्थगित गरिएको बताए ।
सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेका व्यक्तिहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *