असल छिमेकि नेपालद्वारा विभिन्न जिल्लाहरुमा राहत सामग्री वितरण
पोखरा, आसार ८ गते ।
कास्की जिल्ला
असल छिमेकी नेपाल, पोखराले पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमणलाई कम गर्न गण्डकी प्रदेशबाट जारी निषेध आज्ञाका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न समस्यामा परेका २५२ बिपन्न तथा अपांगता भएका घर परिवारलाई स्थानिय वडासगको समन्वय तथा सिफारीस अनुसार खाधान्न राहत साम्रगी वितरण गरेको छ । जस अन्र्तगत प्रति परिवारलाई २५ के.जी. चामल, ३ के.जी. रातो दाल, २ लिटर तेल, २ पिस लुगा धुने साबुन, ५ के.जी. पिठो, २ पिस हात धुने साबुन, १ के.जी. चिनी, एक प्याकेट चिया पति, १ के.जी क्वाटि र १ के.जी चिउरा आदि आवश्यक खाधान्न सामग्री वितरण गरीएको हो । यसरी राहत वितरण गर्ने प्रक्रिया जारी नै छ ।
यसका अतिरिक्त, पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखालाई कोरोना भाइरस महामारी व्यवस्थापनमा जुध्न सहायता गर्नका लागि स्वास्थ्य सामग्री पनि सहयोग गरिएको छ । जस अन्र्तगत सर्जिकल ५० डब्बा मास्क र ५ डब्बा पन्जा, २५ लिटर सेनिटाइजर, ८ पिपिइ सेट, २० पिस फेस सिल्ड, ३ पिस पल्स अक्सिमिटर, २ पिस बिपी सेट, ५ पिस डिजिटल थर्माेमिटर, हात धुने साबुनहरु तथा लिक्विड हेन्डवास र अति आवश्यक ओषधिहरु रहेका छन् ।
असल छिमेकी नेपाल, पोखराले कास्की जिल्ला लगायत गोरखा तथा नवलपरासी जिल्लामा पनि राहत सामग्री पु¥याएको छ ।
गोरखा जिल्ला
गोरखा जिल्लामा सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका गरि चार ओटा गाउँपालिकाहरुलाई आइसोलेशन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ । जस अन्र्तगत प्रत्येक गाउँपालिकालाई सर्जिकल ५० डब्बा मास्क र ५ डब्बा पन्जा, २५ लिटर सेनिटाइजर, ८ पिपिइ सेट, २० पिस फेस सिल्ड, ३ पिस पल्स अक्सिमिटर, २ पिस बिपी सेट, ५ पिस डिजिटल थर्माेमिटर, हात धुने साबुनहरु र अन्य अति आवश्यक ओषधिहरु जस्तै पारासिटामोल, भिटामिन सि तथा जिङ ट्याबलेटहरु रहेका छन् । सबै गाउँपालिकाहरुमा स्वास्थ्य सामग्रीहरुको हस्तान्तरण स्थानिय सरकारको उपस्थितीमा गरिएको थियो ।
नोटः गण्डकी गाउँपालिकालाई ५ ओटा पल्स अक्सिमिटर र ५ बिपी सेट थप रुपमा प्रदान गरिएको छ ।
नवलपरासी जिल्ला
असल छिमेकी नेपाल, पोखराले नवलपुर जिल्लामा कोरोना भाइरस संक्रमणलाई कम गर्न प्रदेशबाट जारी निषेध आज्ञाका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न समस्यामा परेका २०० बिपन्न तथा अपांगता भएका घर परिवारलाई स्थानिय वडाँसगको समन्वय तथा सिफारीस अनुसार खाधान्न राहत साम्रगी वितरण गरेको छ । जस अन्र्तगत प्रति परिवारलाई २५ के.जी. चामल, २ लिटर तेल, २ पिस लुगा धुने साबुन, ५ के.जी. पिठो, २ पिस हात धुने साबुन, १ के.जी. चिनी, एक प्याकेट चिया पति, १ के.जी क्वाटि र १ के.जी चिउरा, १ के.जी नुन, ३ के.जी. रातो दाल आदि अति आवश्यक खाधान्न सामग्री वितरण गरीएको हो ।
यसका अतिरिक्त, नवलपरासी पुर्व जिल्लामा कावासोती नगरपालिका र मध्यबिन्दु नगरपालिकामा र नवलपरासी पस्चिम जिल्लामा पालहिनन्दन गाउँपालिका र सरावल गाउँपालिका गरि चार ओटा गाउँपालिकाहरुलाई आइसोलेशन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ । जस अन्र्तगत सर्जिकल २५० डब्बा मास्क र ३० डब्बा पन्जा, १२५ लिटर सेनिटाइजर, ४० पिपिइ सेट, १०० पिस फेस सिल्ड, १० पिस पल्स अक्सिमिटर, १० पिस बिपी सेट, २८ पिस डिजिटल थर्माेमिटर, ५० बोटल हेन्ड वास, २ ओटा अक्सिजन कनसेन्टे«टर, ४ पिस नेबुलाईजर, ६००० पारासिटामोल ट्याबलेट, २००० भिटामिन सि ट्याबलेट, ५००० जिङ ट्याबलेट आदि अति आवश्यक ओषधिहरु रहेका छन् । सबै गाउँपालिकाहरुमा स्वास्थ्य सामग्रीहरुको हस्तान्तरण स्थानिय सरकारको उपस्थितीमा गरिएको थियो ।