एकैदिन चार हजार ३६४ जना सङ्क्रमित
पोखरा, असोज २२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसहित नेपालमा कुल ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४ छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५९० जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।