फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनिन्

अन्तराष्ट्रीय खबर मुख्य समाचार

एजेन्सी– फिनल्यान्डमा भर्खरै मात्र एक १६ वर्षिय किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छन । उनलाई फिनल्यान्डकै युवा प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि आफ्नो पद सुम्पिएकी हुन ।
सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाएको जानकारी प्राप्त भएको छ । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टोलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिएकी हुन। प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् । आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् ।
आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् । उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो ।
यस अभियानको एक प्रमुख प्रयास भनेको महिलाविरुद्ध लगातार अनलाइन प्लेटफर्ममा बढिरहेको उत्पीडन सबैको अघि ल्याउनु थियो । एक दिनको लागि प्रधानमन्त्री बनेकी आभाले यस खास दिनमा धेरै कुरा सिकेको बताइन् । किशोरीहरुले सञ्चार र प्रविधिको क्षेत्रमा किशोरले भन्दा राम्रो तरिकाले काम गर्न सक्ने महसुस गर्नुपर्ने उनले भनिन् । आभाका अनुसार जसको उमेर १८ वर्षभन्दा धेरै छ, उनीहरुले अझै सिर्जनात्मक बन्ने कोसिस गर्नुपर्छ ।
गर्ल्स टेकओभर नामको अभियान विश्वका कैयौँ देशमा चलाइएको छ, जसअनुसार किशोरीहरुलाई राजनीतिक क्षेत्रमा एक दिनको लागि कदम राख्ने अनुमति दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *