चिनियाँ “पब्जी”लाई टक्कर दिन भारतीय “फौजी” आउँदै, अभिनेता अक्षय कुमारको पनि साथ

अन्तराष्ट्रीय खबर मुख्य समाचार विज्ञान तथा प्रविधि

बिबिसी । वर्तमान युवापुस्तामाझ निकै लोकप्रिय रहेको भिडिओ गेम प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स (पब्जी) जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे सर्वत्र व्यापक चासो देखिएको छ।
चिनियाँ कम्पनीले निर्माण गरेको पब्जी एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन–कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ गेम ल्याउन लागेको जनाएको हो। फौजी “एफएयू जी” नाम दिइएको उक्त गेम अक्टुबर महिनाको अन्त्यसम्ममा बजारमा ल्याउने कम्पनीले उद्देश्य छ।
फियरलेस एन्ड युनाइटेड गार्ड्स “एफएयू जी” उक्त गेमको पूरा नाम हो। उक्त गेमकोपहिलो लेवललाई गलवान घाटीमा आधारित छ । गलवान घाटीमा चीन र भारतका सेनाबीच गत जुन महिनामा पहिलो पटक झडप भएको थियो। जहाँ २० जना भारतीय सैनिक मारिएका थिए। त्यसयता नियन्त्रण रेखालाई लिएर दुई देशबीच तनाव चर्किएको हो। सम्बन्धमा आएको तिक्तताबीच भारतीय सरकारले पब्जी सहित चिनियाँ कम्पनीले बनाएका ११८ वटा एपमा बुधवार प्रतिबन्ध लगाएको छ। भारतमा पछिल्ला केही वर्षमा उक्त गेम निकै लोकप्रिय थियो। जापानी फिल्म ब्याटल रोयलबाट प्रभावित भएर उक्त गेम बनाएको बताइन्छ। विश्वभर पब्जी खेल्नेहरूमध्ये २५ प्रतिशत भारतमा छन्।
चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ताले पब्जी खेल्ने गरेको बताइन्छ। भारतमा पब्जी मात्र १७ करोड ५० लाख डाउनलोड भएका छन्। जसमा ७ करोड ५० लाख जति सक्रिय प्रयोगकर्ता छन्। अर्थात् चीनमा भन्दा भारतमा धेरैले पब्जी खेल्छन्। युवाहरूले उक्त गेम मन पराउने ठानिन्छ र भारतमा त्यसमाथि प्रतिबन्ध लगाइएपछि सामाजिक सञ्जालमा तीखो प्रतिक्रिया देखिएको छ।
अभिनेता अक्षय कुमारले त्यस अभियानलाई साथ दिइरहेको बताइएको छ। कम्पनीका अनुसार गेमको नाम फौजी उनैले सुझाएका हुन्। अक्षय कुमारले शुक्रवार ट्वीट गर्दै त्यसबारे जानकारी पनि दिएका छन्। उनले लेखेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीको आत्‍मनिर्भर भारत अभियानमा समर्थन गर्दै यो गेम प्रस्तुत गर्दा मलाई गर्व लागेको छ। मनोरञ्जनका अतिरिक्त खेलाडीले हाम्रा सैनिकको बलिदानबारे पनि थाहा पाउने छन्।

कम्पनीले उक्त गेम सार्वजनिक भएको केही दिनमै करिब २० करोड मोबाइल प्रयोगकर्ताले गेम डाउनलोड गर्ने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *