नेपालमा पहिलोपटक ८८ वर्षीय वृद्धले पनि कोरोना जिते

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, भदौ १८ । बाँकेमा ८८ वर्षका एक वृद्धले कोरोनालाई जितेर निको भई घर फर्किएका छन। स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी बिहीबार कोरोना जितेर स्वस्थ्य भई घर फर्किएका हुन ।
स्वास्थ्य कार्यालय बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले ८८ वर्षका व्यक्तिले कोरोना जितेर निको भई घर फर्किएको नेपालमै पहिलोपटक बाँकेमा भएको बताए । भदौ ४ गते सङ्क्रमण पुष्टि भएपछि उनलाई खजुरास्थित क्षेत्रीय कृषि तालिम केन्द्र आइसोलेसनमा राखिएको थियो । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि कुर्मी लौराको सहारामा गाडीमा चढेर आइसोलेसनमा गएका थिए । तर बिहीबार निको भएर डिस्चार्ज भएको बेला उउनी पहिलेभन्दा निकै स्वस्थ देखिए भने उनको हातमा लौरो पनि थिएन ।
नेपालमै सबैभन्दा बढी उमेरको निको हुने सङ्क्रमित बन्नुभएका वृद्ध कुर्मीले जडीबुटीको प्रयोगले कोरोनासँगको लडाइँमा आफूलाई सफलता मिलेको जनाउँदै आत्मबल र जडीबुटीको प्रयोगले कोरोना पराजित भएको प्रतिक्रिया दिए । उनले कोरोना लाग्दैमा मानिस मर्दैन भन्ने उदाहरण आफू भएको जनाउँदै धैर्यधारण गरेर केही आवश्यक कामहरू गर्ने हो भने कोरोनालाइ सहज रुपमै पराजित गर्न सकिने पनि प्रष्ट पारेका छन । ८८ वर्षीय कुर्मीसँगै बिहीबार बाँकेकामा २४ जना निको भएर घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोनामुक्त हुनेको सङ्ख्या ७८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *