दाङमा पनि भेटिए संक्रमित, कुल संख्या २६७ पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा । नेपालमा थप ९ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *