सुन्दर घर!!
तिमी र म नि पिरती लगाइ बसाउँला सुन्दर घर!
प्रार्थना साथ प्रभुमा आई बसाउँला सुन्दर घर!!
हिंडौला सङ्गै प्रभुको बाटो …..उकाली ओराली ,
ख्रीष्टकै माया छातिमा सजाइ बसाउँला सुन्दर घर
उद्दार मुक्ती, अनन्त जीवन , शान्ती र आनन्द,..
स्वर्गीय आशिष तिमी र मलाइ बसाउँला सुन्दर घर
गरौंला सङ्गै, लेक र बेँसि, घाँसदाउरा मेलापात,
मान्द्रोको बार छ्वालिले छाई बसाउँला सुन्दर घर
साटौँला माया बाडौँला खुशी प्रभुको काखैमा,
नछुट्ने कैल्यै कसम खाई बसाउँला सुन्दर घर!!
विपेन आदिमा
होप प्रेस्बेटिरिएन चर्च
ललितपुर,लुभू।