बाँके र मकवानपुरका ९ जनामा संक्रमण, कुल संख्या २५८ पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पतालमा गरिएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नैनापुरा १,३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *