“मैले लकडाउन पालना गरिन, माफ गरिदिनुहोस”, प्रहरीले १० जना विदेशीलाई ५०० पटक लेख्न लगाए

अन्तराष्ट्रीय खबर बिबिध मुख्य समाचार

एजेन्सी । तपोवन, रिशिकेश गडवालको निकै नै प्रख्यात पर्यटकीय क्षेत्रमा घुम्न निस्केका १० विदेशी पर्यटकहरुलाई स्थानिय प्रहरीले निकै रोचक सजाय दिएका छन । उत्तराखण्ड प्रहरीको भनाई अनुसार उनीहरु विनाकाम गंगा नदीको किनारमा डुल्दै थिए ।
इस्रायल, मेक्सिको, अष्ट्रेलिया तथा युरोपका अन्य देशबाट घुम्न आएका उनीहरुलाई प्रहरीले समाएर कागजमा ५०० पटक “Didn’t follow lockdown, I’m sorry” लेख्न लगाए । यस घटना घटेको तपोवन क्षेत्र रिशिकेसकै प्रख्यात पर्यटकिय क्षेत्र मानिन्छ ।
जव उनीहरुलाई लकडाउनमा पनि किन यसरी घुमेको भनेर सोध्दा उनीहरुले विहान ७ देखि दिउँसो १ वजेसम्म त वाहिर निस्कन पाइन्छ भन्ने सोचेर निस्केको भन्ने जवाफ दिए । प्रहरीका अनुसार बाहिर निस्कन पाउनुको अर्थ अति आवश्यक सामान किन्दा मात्र हो भनेर सम्झाएको भन्ने कुरा रहेको छ । साथै प्रहरीले भने,“ मैले मेरो साथीलाई स्टेशनबाट ५०/६० वटा पेजहरु मगाए र सबैलाई लेख्न लगाएँ, साथै उनीहरुलाई यो सामान्य सजाय मात्र हो तर तिमीहरुले नियम पालना गरेनौँ भने, इन्डिया आउन नपाउने कालोसुचिमा नाम लेखिदिन्छु भन्दा सबैले सजाय स्विकार गरे ।”
हिन्दुस्तान टाइम्सबाट नेपालीमा अनुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *