कोरोनाका बिरामीमा पत्ता लाग्यो यी नयाँ लक्षण

मुख्य समाचार स्वास्थ्य

एजेन्सी । कोरोना भाइरसका केही बिरामीमा न्युरोलोजिकल समस्या जस्तै, चक्कर लाग्ने, टाउको दुख्ने र होश गुम्ने समेत देखिएको शुक्रबार सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ । चीनमा धेरै अनुसन्धानकर्ताहरुले मिलेर यसबारे अध्ययन गरेका हुन् । उनीहरुले २ सय १४ जना कोरोना भाइरसका बिरामीको लक्षण जाँच गरेका थिए । त्यसक्रममा झन्डै आधा बिरामीमा कुनै न कुनै न्युरोलोजिकल समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ३६ जनामा चक्कर लाग्ने, २८ जना टाउको दुख्ने र १६ जनामा होश गुम्ने लक्षण देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । एकै व्यक्तिमा सिजर्स र अटासिया बोली स्पष्ट नहुने र अस्थिर रहने रोग समेत देखिएको छ । त्यस्तै १९ बिरामीले सेन्सरी ड्यामेज स्वाद र वास्ना थाहा नपाउने अनुभव गरेको अध्ययनकर्ताहरुले जनाएका छन् ।
कोरोना भाइरसका कारण विश्वभर १६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । न्यूयोर्क पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *