कोरोना ट्र्याक गर्न एप्पल र गुगल एकसाथ काम गर्दै

मुख्य समाचार विज्ञान तथा प्रविधि

एजेन्सी । एप्पल र गुगलले संयूक्तरूपमा कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आए नआएको जानकारी दिने प्रविधिको विकास गरिरहेका छन्। उनीहरूले यस प्रविधिले सुरुमा तेस्रो पक्षको सम्पर्क ट्रेसिङ्लाई प्रभावकारी रूपमा चलाउन मद्दत गर्ने आशा राखेका छन्। यो प्रविधिमा मोबाइल फोनमा रहेको ‘ब्लुतुथ सिग्नल’ बाट प्रयोगकर्ता को व्यक्तिसँग लामो सम्पर्कमा थियो भन्ने जानकारी दिएर सम्भावित संक्रमणका बारेमा सतर्क गराउनेछ। यो प्रविधि चलिरहेको समय प्रयोगकर्ताको कुनै पनि व्यक्तिगत डाटा र सुचना भने रेकर्ड हुनेछैन। ‍
गोपिनिता, पारदर्शिता र सहमति यसका महत्वपूर्ण प्रयासहरू हुन्। हामी यसको कार्यक्षमतालाई बनाउन इच्छुकहरूसँग सल्लाह गरिगरेका छौं गुगलले र एप्पलले संयूक्त रुपमा निकालेको वक्तव्यमा भनेका छन्। उनीहरूले अरूलाई विश्लेषण गर्का लागि आफ्नो कामका बारेमा खुल्ला रुपमा जानकारी प्रकाशित गर्ने गर्ने बताएका छन्। दक्षिण कोरिया, इजरेल, पोल्यान्ड र सिगांपुर जस्ता देशहरूले यसअघि नै मोबाइल फोनमा ट्राकिङ प्रविधि भित्राइसकेका छन्। अमेरिका, फ्रान्स र जर्मनी आदिले समेत यसै सम्बन्धा काम गर्दैछन्। यस्तोमा एप्पल र गुगलले ती प्रविधिसँग मिलेर समस्याको समाधान गर्ने लक्ष्य राखेको छ।

उनीहरूले विकास गर्ने प्रविधिले संक्रमित बाहिरी मुलुक पुगेपनि त्यसको तथ्याकं रेकर्ड गरी सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क बनाउन मद्दत गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *