च्याम्पियन्स लिग :आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण अवे गोल गरे पनि च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा युभेन्टसले नेदरल्याण्ड्सको आयाक्सविरुद्ध एक–एक गोलको बराबरी खेलेको छ । रोनाल्डोले आयाक्सविरुद्ध पहिलो हाफको अन्त्यतिर जोआओ कन्केलोको क्रसमा डाइभिङ हेडर गोलसहित १२५ औं गोल पूरा गरेका छन् ।


यस गोलले पहिलो हाफमा युभेन्टसलाई अग्रता दिलायो । तर, दोस्रो हाफको एक मिनेटभित्रै आयाक्सले घरेलु मैदानमा बराबरी गोल फर्कायो । डेभिड नेरेसले १५ यार्डबाट उत्कृष्ट गोल गरेका थिए । घरेलु टोलीले युभेन्टसलाई खेलभर नै दवावमा राखेको थियो । तर, थप गोल भने गर्न सकेन । आयाक्सका आधादर्जन प्रहार खेर गएको थियो ।

बराबरीसँग दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै रहेको छ । युभेन्टसलाई अवे गोलको फाइदा रहँदा आयाक्सलाई दोस्रो लेगमा निश्चित जितको आवश्यकता छ । आयाक्सले दोस्रो लेगमा १–१ को बराबरीको नतिजा निकाले खेल लम्बिनेछ । जितले सेमिफाइनलको ढोका खोल्नेछ ।
युभेन्टसलाई यही नतिजा कायम राख्न सके वा पराजित गर्न सके सेमिफाइनलमा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *