आईपीएल २०१९ को दुई साताको खेल तालिका सार्वजनिक

अन्तराष्ट्रीय खबर खेलकुद स्थानिय समाचार

एजेन्सी । इन्डियन प्रिमियर लिगको नयाँ सिजनको दुई साताको खेल तालिका सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेंग्लोर खेल्ने भएका छन् । आईपीएल आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार चेन्नईमा हुने उद्घाटन खेलमा धोनीको चेन्नई र विराटको बेंग्लोर खेल्नेछन् । पहिलो चरणमा

सार्वजनिक गरिएको खेल तालिकामा १७ खेल रहेका छन् । भारतमा २०१९ मा हुने निर्वाचनको समयमा यो प्रतियोगिता हुने भएको छ । मार्च २३ तारिखबाट हुने प्रतियोगिताको सुरुमा दुई साताको खेल तालिका निकाल्नुको कारण पनि निर्वाचन रहेको आयोजकले बताएका छन् । निर्वाचनको मिति तय भएपछि अर्को पूर्ण खेल तालिका निकाल्ने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *