रोनाल्डोले निर्णायक गोल गर्दै युभेन्टसलाई सुपर कपको उपाधि दिलाए
एजेन्सी । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गर्दै युभेन्टसलाई इटालियन सुपर कपको उपाधी दिलाएका छन । बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई १–० पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । रोनाल्डोले खेलको ६१ औं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रहयो । यसै सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर युभेन्टस आएका रोनाल्डोले आफ्नो उच्च फर्मलाई बुधबार पनि कायमै राखे । उनले मिरालेम प्यानिचको पासमा गोल गर्दै युभेन्टसलाई उपाधिसम्म ल्याएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि युभेन्टसले खेल १–० ले जितेको हो । जितसँगै युभेन्टसले इटालियन सुपर कपको उपाधि सर्वा्धिक आठौं पटक जितेको हो । एसी मिलानले सात पटक उपाधि जितेको छ ।
खेलको अन्तिम १५ मिनेट मिलान टोली १० खेलाडीमा समेटिएको थियो । फ्रान्क केसीले युभेका एम्रे च्यानमाथि ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । पछिल्लो दुई सिजन फाइनलमा पराजित भएको युभेन्टसले बुधबार भने उपाधि जित्न सफल रह्यो ।