सोमवारसम्म कुल सङ्क्रमित सङ्ख्या ३७५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार राति १०ः१५ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ। यो पछिल्लो विज्ञप्ति अनुसार पछिल्लो पटक थप १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। काठमाण्डू, धरान, नेपालगञ्ज र विराटनगरमा गरिएका परीक्षणमा नयाँ सङ्क्रमितको पुष्टि भएको जनाइएको छ।
सोमवार राति थपिएको पुष्टि गरिएकाहरूमा धनुषा निवासी २ जना पुरुष, खोटाङका १ पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेखका १ पुरुष, सुनसरीका १ पुरुष र झापा निवासी १ पुरुष रहेका मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएका छन्।