सिटीले टुङग्यायो लिभरपुलको अपराजित यात्रा

खेलकुद मुख्य समाचार

एजेन्सी  । प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलबीच भएको खेलमा सिटीले खेल अंक तालिकाको शिर्ष स्थानमा रहेको लिभरपुललाई आफ्नै घरेलु मैदानमा २–१ को गोल अन्तरले हराएको छ ।
पहिलो हाफबाटै आक्रमक खेल खेलेको सिटीले खेलको ४० औँ मिनेटमा सर्जियो अगुइरोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा खेलमा केहि सुधार ल्याउँदै लयमा फर्कने क्रममा लिभरपुलका फिर्मिनोले ६४ औँ मिनेटमा एक गोल गर्दै खेलमा फर्किन खोज्यो तर सिटीका सानेले खेलको ७२ औँ मिनेटमा गोलका साथ अग्रता कायम गर्दै उक्त गोल निर्णयक बन्न पुग्यो ।


दुवै समुहका लागि उत्तिकै महत्वपुर्ण मानिएको खेलको सम्पुर्ण समय सिटीको दवाब रहेको थियो भने लिभरपुलले गोल गर्ने केहि उत्कृष्ठ अवसरहरु चुकाएको थियो । यो खेलसँगै म्यानचेस्टर सिटी ५० अंक सहित दोस्रो स्थानमा उक्लिएको छ भने लिभरपुल ५४ अंकसहित शिर्षस्थानमा नै कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *