सन्दीप घातक बलिङ गर्दै, सर्वाधिक विकेट लिने खेलाडी बने
अष्ट्रेलियामा बिग बास खेल्दै गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेल घातक बलिङ गरेका छन् । सन्दीपले सिड्नी सिक्सर्सबीरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् ।
सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा ४ रन मात्र खर्चिए । त्यस्तै ९ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले १ विकेट लिदै पुन ४ रन खर्चिए ।सन्दीपले ८.२ ओभरमा सिड्नीका कप्तान समेत रहेका मोइशेस हेनरिकलाई ९ रनमा एलि डब्लू आउट गरे ।
सन्दीप आफ्नो तेस्रो स्पेल लिएर १२ औं ओभरमा बलिङ गर्न आएका थिए । १२ औं ओभरको अन्तिम बलमा सन्दीपले टम कुरेनलाई २ रनमा एली डब्लू आउट गर्दै पेभेलियन फर्काए । यस ओभरमा सन्दीपले ३ रन मात्र खर्चिए । १४ औं ओभरमा सन्दीपले दुई लेग वाई सहित ९ रन खर्चदै आफ्नो स्पेल सकाए । सन्दीपले यस ओभरमा एक चौका खाएका थिए । यो दुई विकेटसँगै सन्दीप विग ब्यासमा ३ खेलमा ७ विकेट लिदै सर्वा्धिक विकेट लिने खेलाडीको सूचिमा शिर्ष स्थानमा उक्लिएका छन् ।
सिड्नीले १६ ओभरमा ९८ रन बनाउन ६ विकेट गुमाएको छ । डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध ४ ओभरमा ३६ रन खर्चिएर २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सविरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हाम्रो खेलकुदबाट