नेपालले किन्यो एक महिनामै साढे ३ अर्बको मोबाइल

एजेन्सि । कोरोना संक्रमणका कारण भर्चुअल गतिविधि बढेसँगै बढेको मोबाइलको व्यापार अझै पनि उकालो नै लागिरहेको छ । मोबाइलको माग अत्यधिक बढ्दा नेपालबाट हुने यसको आयात निरन्तर बढीरहेको छ । भन्सार विभागको तथ्यांकले यस्तै पुष्टि गर्छ । विभागका अनुसार मङ्सिर महिनामा मात्रै नेपालले साढे तीन अर्ब रुपैयाँको मोबाइल आयात गरेको छ । उक्त महिना विभिन्न […]

पुरा पढ्नुहोस् ...

सगरमाथाको उचाइ नाप्न लागेको खर्च –

सगरमाथाको उचाइ मापनको लागि नेपाल सरकारले १३ करोड रुपैयाँ खर्च गरेको छ। नापी विभागका सूचना अधिकारी दामोदर ढकालले डिसीनेपालसँग कुरा गर्दै यसको जानकारी दिएका हुन्। पछिल्लो मापनअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर भएको छ। सगरमाथाको उचाइ मापनको लागि नेपालको तर्फबाट ८० जनाले २ वर्षसम्म निरन्तर काम गरेका […]

पुरा पढ्नुहोस् ...

मङ्सिर २८ गते रातभर उल्कावर्षा सक्रिय रहने

काठमाण्डौ, मंसिर २५ गते । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षामा छोडेका स–साना धुलाका […]

पुरा पढ्नुहोस् ...

विश्व अर्थ व्यवस्थामा साइबर अपराधबाट एक वर्षमै ११८० खर्बको नोक्सान

साइबर अपराधका घटना बढ्दै जाँदा सन् २०१९ मा विश्वभर एक ट्रिलियन डलर ९११८० खर्ब रुपैयाँ को नोक्सान भएको छ । यो विश्वकै जीडीपी कुल ग्रार्हस्थ उत्पादन० को एक प्रतिशतभन्दा बढी हो । जब कि सन् २०१८ मा भएको ६०० बिलियन डलरको तुलनामा पछिल्लो वर्ष यो मूल्य ५० प्रतिशतभन्दा बढी हो । साइबर सेक्युरिटी फर्म म्याकफीको […]

पुरा पढ्नुहोस् ...
Zoom

जुम एप प्रयोग गर्दा अब भर्चुअल रुपमा कफीको बास्ना लिन पाइने

एजेन्सी । भिडियो कन्फ्रेन्सिङ एप जुमले भर्चुअल रुपमै कफीको वास्ना लिन सकिने प्रविधिको विकास गरिरहेको दाबी गरेको छ । वेब समिट नामक टेक कन्फ्रेन्समा बोल्दै कम्पनीका सीईओ एरिक युआनले जुमको आगामी योजना बारे बताएको खबर बीबीसीमा प्रकाशित छ । युआनका अनुसार भिडियो मिटिङको समयमा यदि कसैले कफी खाइरहेको छ भने उक्त कफीको बास्ना मिटिङमा जोडिने […]

पुरा पढ्नुहोस् ...

चीनले किन पठायो चन्द्रमामा अन्तरिक्ष यान ?

बिबिसी । चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ। उसको रोबोटिक चाङ्ग अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो। उद्देश्य के? चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो सङ्कलन गरेर पृथ्वीमा फर्कनु हो। उसको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ। चन्द्रमाको सतहमा […]

पुरा पढ्नुहोस् ...

फेसबुकले क्रिप्टोकरेन्सी सार्वजनिक गर्दै

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले आउँदो जनवरीमा क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने तयारी गरेको छ । फेसबुकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा ‘लिब्रा’ नामक क्रिप्टोकरेन्सी ल्याउन लागेको हो । फेसबुकले पहिलो पटक लिब्रा ल्याउने आधिकारिक घोषणा गर्दा यो डलर, युरो र पाउण्ड जस्ता करेन्सीको मिश्रणको रुपमा नयाँ डिजिटल करेन्सी हुने उल्लेख गरेको थियो । यसमा फेसबुकसहित विश्वका प्रमुख टेक […]

पुरा पढ्नुहोस् ...

नेपाल टेलिकम र एनसेललाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्स दिइने

काठमाण्डौ, मंसिर १४ गते । फाइभजी सेवाको परीक्षणका लागि दूरसञ्चार कम्पनीहरुलाई फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी दिन आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यसअघि नै फ्रिक्वेन्सी नीति निर्धारण समितिमा फाइभजी परीक्षणका लागि निःशुल्क रुपमा सेवा प्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउन […]

पुरा पढ्नुहोस् ...

थप ४३ चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध गर्दै भारत

पोखरा, मंसिर १० गते । भारतले मंगलबार थप ४३ मोबाइल एपमाथि प्रतिबन्धको निर्णय गरेको छ । अहिले प्रतिबन्ध लगाइएका एपमा अधिकांश चिनियाँ एप छन् । अहिले प्रतिबन्ध लगाइएका एपहरुमा अलिबाबा कम्पनीको ई–कमर्स एप अलिएक्सप्रेसलगायतका एपहरु छन् । त्यस्तै केही डेटिङ एपहरुमा पनि प्रतिबन्ध लगाइएको छ । भारतको प्रविधि मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त […]

पुरा पढ्नुहोस् ...

म्यासेञ्जर र इन्स्टाग्राममा प्रयोग कर्ताको लागि खुशिको खबर

फेसबुकले म्यासेञ्जर र इन्स्टाग्राममा भ्यानिस मोड फिचर सार्वजनिक गरेको छ । यो फिचरले गर्दा कुनै टेक्स्ट म्यासेज वा मिडिया प्रयोगकर्ताले हेरेर च्याट छोड्ने बित्तिकै गायब हुन्छन् । गत हप्ता मात्रै फेसबुकले ह्वाट्सएपमा डिसअपेयरिङ फिचर ल्याएको थियो जसले गर्दा मेसेजहरु सात दिनमा हराउने गर्छन् । यही फिचर कै अनुरुप फेसबुकले मेसेन्जर र इन्सटाग्राममा पनि ‘भ्यानिस मोड’ […]

पुरा पढ्नुहोस् ...

इसेवा मनि ट्रान्सफरको सेवा अब हङकङबाट पनि

पोखरा, मंसिर २ गते । इसेवा मनि ट्रान्सफरले आफनो सेवा विस्तारको क्रममा हङकङबाट पनि रेमिट्यान्स भित्र्याउन सुरु गरेको छ । इसेवाले हङकङको केएमई रेमिटेन्ससँग सहकार्य गरी सेवा सुरु गरेको छ । सेवा सुरु भएसँगै हङकङमा रहेका नेपालीले केएमई रेमिटेन्सबाट रकम पठाउन सक्ने जानकारी आएको छ। इसेवाका प्रबन्ध निर्देशक अजेश कोइराला र केएमईका प्रमुख कार्यकारी अधिकृत […]

पुरा पढ्नुहोस् ...

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, मंसिर १ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी […]

पुरा पढ्नुहोस् ...

ह्वाट्सएप प्रयोगकर्ताहरुका लागी खुसीको खबर

कार्तिक, २७ गते । विश्वव्यापी रुपमा ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागी सपिङ् बटन रोल आउट भएको छ । यो एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताहरुका लागी उपलब्ध भएको छ । यसले प्रयोगकर्ताहरुलाई सिधैं व्यवसाय क्याटालोगममा लैजान्छ । यो नयाँ विकल्प भने स्क्रीनको माथिल्लो दाँया भागमा हुनेछ । पहिले प्रयोगकर्ताहरुले बिजनेस प्रोफाइलमा थिचेर त्यो व्यवसायको क्याटालोग छ की छैन […]

पुरा पढ्नुहोस् ...

दुर्गम हिमाली क्षेत्र चुमनुब्रीमा फोरजी सेवा शुुरु हुँदै

गोरखा ,कात्तिक २७ गते । दुर्गम हिमाली क्षेत्र चुमनुब्री गाउँपालिकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आउने भएको छ । इन्टरनेट सेवाको पहुँच नपुगेको त्यस क्षेत्रमा ढिलोमा तीन महिनाभित्र फोरजी सेवा सञ्चालनमा आउने नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको सिर्दीवासस्थित न्याक डाँडा, चुम्चेत र विहीमा २५ फिट अग्लो टावर निर्माण गरी […]

पुरा पढ्नुहोस् ...