नेपालले किन्यो एक महिनामै साढे ३ अर्बको मोबाइल

आर्थिक नेपाल मुख्य समाचार विज्ञान तथा प्रविधि

एजेन्सि । कोरोना संक्रमणका कारण भर्चुअल गतिविधि बढेसँगै बढेको मोबाइलको व्यापार अझै पनि उकालो नै लागिरहेको छ । मोबाइलको माग अत्यधिक बढ्दा नेपालबाट हुने यसको आयात निरन्तर बढीरहेको छ । भन्सार विभागको तथ्यांकले यस्तै पुष्टि गर्छ ।
विभागका अनुसार मङ्सिर महिनामा मात्रै नेपालले साढे तीन अर्ब रुपैयाँको मोबाइल आयात गरेको छ ।

उक्त महिना विभिन्न देशबाट ५ लाख ८२ हजार थान मोबाइल नेपाल भित्रिएको तथ्यांक विभागको छ । यो सहित चालु आर्थिक बर्ष २०७७ र ७८ को पाँच महिनासम्म नेपालले १७ अर्ब ६४ करोड रुपैयाँ बराबरका २७ लाख ७३ हजार थान मोबाइल खरिद गरेको छ ।

नेपालले यसबीचमा सबैभन्दा बढी चीनबाट ११ अर्ब रुपैयाँको २१ लाख ९६ हजार थान मोबाइल ल्याएको छ । त्यस्तै भारतबाट ५ अर्ब ९२ करोड रुपैयाँ बराबरका ४ लाख २० हजार थान मोबाइल ल्याएको विभागको तथ्यांक छ । नेपालले यो अवधिमा अष्टे«लिया, अष्ट्रिया, बहराइन, बेल्जियम, कम्बोडिया, क्यानडा, साइप्रस, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, हङकङसहित दुई दर्जनभन्दा बढी मुलुकबाट मोबाइल आयात गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *