युक्रेन र रूसबीच चौथो चरणको शान्तिवार्ता सुरू
एजेन्सी । युक्रेन र रूसबीच मंगलबार पुनः शान्ति वार्ता सुरू भएको छ । युक्रेनी र रूसी प्रतिनिधिमण्डलले सोमबार भिडियो लिंकमार्फत आफ्नो छलफलको चौथो चरण सुरु गरेका हुन् । स्थानीय सञ्चारमाध्यम “युक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएको खबर उल्लेख गरेको हो । वार्ता सुरू भइसकेको छ,’ अराखामियाले भने ।
युक्रेनी राष्ट्रपति सल्लाहकार माइखाइलो पोडोल्याकले भने, “दुवै पक्षले काम गर्ने उपसमूह’ निर्माण गर्न र थप परिभाषाको स्पष्टीकरणका लागि मंगलबारसम्म वार्तालाई प्राविधिक रूपमा रोकिएको हो । वार्ताले निरन्तरता पाउनेछ ।’