इसेवा मनि ट्रान्सफरको सेवा अब हङकङबाट पनि

मुख्य समाचार विज्ञान तथा प्रविधि

पोखरा, मंसिर २ गते । इसेवा मनि ट्रान्सफरले आफनो सेवा विस्तारको क्रममा हङकङबाट पनि रेमिट्यान्स भित्र्याउन सुरु गरेको छ । इसेवाले हङकङको केएमई रेमिटेन्ससँग सहकार्य गरी सेवा सुरु गरेको छ ।

सेवा सुरु भएसँगै हङकङमा रहेका नेपालीले केएमई रेमिटेन्सबाट रकम पठाउन सक्ने जानकारी आएको छ। इसेवाका प्रबन्ध निर्देशक अजेश कोइराला र केएमईका प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।​

केएमईमार्फत पठाइएको रकम नेपालभर रहेका आठ हजारभन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एपमार्फत पनि प्राप्त सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *