बर्दिबासमा निषेधाज्ञा जारी

महोत्तरी, मंसिर १० गते ।महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले बुधबार बिहान ९ बजे देखि बिहीबार बिहान ६ बजे सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका एक जनाको मृत्यु भएपछि सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोको भविष्य युभेन्टसमै

एजेन्सी – पछिल्लो पटक अन्तर्राष्ट्रिय विश्रामका दौरान युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा जाने विषयमा चर्चा भएको थियो । तर, पोर्चुगलको कप्तान समेत रहेका रोनाल्डो सन् २०२२ सम्म सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने विश्वास गरिएको छ । टुरिनबाट प्रकाशित हुने टुटो स्पोर्टसले रोनाल्डो आफै पनि सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने प्रकाशित भएको थियो । […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमित निको हुनेहरुको संख्या बढ्दै

काठमाण्डौ, मंसिर ८ गते । नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्याहरुमा धेरै सुधार देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म देशमा ९०.३४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय कोरोना संक्रमित छन्। अहिलेसम्म एक हजार ३ […]

पुरा पढ्नुहोस् ...

भारतमा तीन महिनापछि तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन

एजेन्सी, ८ मंसिर । भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ । अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको हो । टाइम्स अफ इन्डियाका अनुसार अक्सफोर्ड भ्याक्सिन ७० लाख स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका दुई करोड मानिसहरुलाई शुरुमा दिइनेछ । भारत सरकारले आधा मूल्यमा भ्याक्सिन उपलब्ध गराउने […]

पुरा पढ्नुहोस् ...

कक्षा १२ परिक्षाः ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

काठमाण्डौ, मंसिर ८ गते । भोलि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको हो । परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग […]

पुरा पढ्नुहोस् ...

दश वर्षपछि बार्सिलोनालाई एटलेटिकोले हरायो

एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई १–० गोलको अन्तरमा पराजित गरेको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोका यानिक फरेर करास्को १ गोल गर्दै जितको नायक बने । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । सन् […]

पुरा पढ्नुहोस् ...

एक हजार ९४५ थपिए, पाँच हजार ३६४ सङ्क्रमणमुक्त

काठमाडौं, मङ्सिर ५ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । […]

पुरा पढ्नुहोस् ...

खुला ठाउँमा खाना खान आउनेलाई काठमाण्डौ महानगरले काम दिने

काठमाण्डौ, मंसिर ३ गते । काठमाण्डौ महानगरपालिकाले खुला ठाउँमा खाना खान आउनेलाई काम दिने भएको छ । काम गर्न सक्नेहरुलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको […]

पुरा पढ्नुहोस् ...

आजदेखि सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

काठमाण्डौ, मंसिर २ गते । काठमाडौँ उपत्यकामा विगत लामो समयदेखि खुलामञ्च लगायत सार्वजनिक स्थानमा खाना खुवाउने कार्य गरिएकोमा आज देखि उक्त कार्य बन्द हुने भएको छ । स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाण्डौ महानगरपालिका र भोजन […]

पुरा पढ्नुहोस् ...

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, मंसिर १ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी […]

पुरा पढ्नुहोस् ...

कोरोनाको संक्रमणबाट हाल अहिले सम्म झण्डै तीन सय गैरआवासिय नेपालीको निधन

पोखरा, कात्तिक ३० गते । कोरोना संक्रमणबाट हाल अहिले सम्म २ सय ९३ जनाको निधन भएको छ । पछिल्लो साता ८ जना गैरआवासिय नेपालीको निधन भएको गैरआवासिय नेपाली संघले जनाएको छ ।  संघका अनुसार यि सबै ८ जना भारतको महाराष्ट्र र चेन्नाईमा रहेका गैरआवासिय नेपाली भएको जनाएको छ । संघले हालसम्म विश्वका विभिन्न ४४ देशमा […]

पुरा पढ्नुहोस् ...

बहराईनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफको निधन

पोखरा, कार्तिक २६ गते । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफको निधन भएको छ । विश्वमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका खालिफाको उपचारका क्रममा अमेरिकामा निधन भएको हो । १०७० देखी बहराइनको प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेका खालिफाको ८४ बर्षको उमेरमा निधन भएको हो । बुधबार बिहान उनको निधन भएको बहराइनको राजदरबारले जनाएको अन्तराष्ट्रिय सञ्चार […]

पुरा पढ्नुहोस् ...

महामारीबाट पाठ सिकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

पोखरा, राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे आज राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकामा जोड दिइन् । आफूलाई जोखिममा राखेर […]

पुरा पढ्नुहोस् ...

कोरोना बीमा भुक्तानी रकम तत्काल उपलब्ध गराउन सरकारको निर्देशन

काठमाडौँ, कात्तिक २६ गते । कोरोना सङ्क्रमितलाई भुक्तान गर्नुपर्ने बीमाङ्क रकम तत्काल उपलब्ध गराउन सरकारले निर्देशन दिएपछि बीमा रकम धमाधम भुक्तानी हुन थालेको छ । बीमक सङ्घका महासचिव चङ्की क्षेत्रीका अनुसार सरकारको निर्देशनपछि सरकारी वा निजी जुनसुकै प्रयोगशालाको रिपोर्टका आधारमा तोकिएको बीमाको रकम उपलब्ध गराउन थालिएको छ । महासचिव क्षेत्रीका अनुसार अहिलेसम्म दुई हजार छ […]

पुरा पढ्नुहोस् ...