बर्दिबासमा निषेधाज्ञा जारी

नेपाल मुख्य समाचार

महोत्तरी, मंसिर १० गते ।महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले बुधबार बिहान ९ बजे देखि बिहीबार बिहान ६ बजे सम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।
६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका एक जनाको मृत्यु भएपछि सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोकमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको अवधीभर यस क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन। निषेधाज्ञाको अवधिमा राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *