पिताको घर बालगृहको पाँचौ वार्षिक साधारण सभा

मुख्य समाचार स्थानिय समाचार

भविष्यका कर्णधार बालबालिकाहरुको अमुल्य जीवनलाई खेर फाल्नुहुन्न भन्ने उद्धेश्यका साथ २०७१ सालमा कोरियन नागरिक चु.एम.होङको संयोजन तथा दर्शनमा स्थापित भएको पिताको घर नामक बालगृहको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका समितिका प्रतिनिधिहरु, पोखरा महानगरपालिकाका विभिन्न निकायबाट विशिष्ट व्यक्तित्व तथा अन्य अतिथी र उक्त गृहका बालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा पो.म.नपा वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बराल, विशेष अतिथीको रुपमा बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्ले, जिल्ला वालकल्याण समिति कास्कीका सदस्य शिव शर्मा चापागाई, बालगृहहरुको महासंघ नेपालकी उपाध्यक्ष गोमा ढकाल, बालगृहहरुको महासंघ नेपालका सचिव विजय प्रधान, सृजना टोल सुुधार समितिका अध्यक्ष गोविन्द गिरी लगायत व्यक्तिको उपस्थिति रहेको थियो । संस्थाकी साधारण सदस्य सुन्ती पुर्जाद्वारा स्वागत मन्तव्य दिएपश्चात पिताको घरका छोरीहरुद्वारा राष्ट्रिय गानमा अगुवाइ गरिएको थियो । कार्यक्रममा संस्था संचालक समितिका उपाध्यक्ष लक्ष्मण पोखरेलले वार्षिक प्रतिवेदन साथै कोषध्यक्ष नेश कुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै यस कार्यक्रममा एसईई उत्तीर्ण सुनिता तामाङ र अनवरत रुपमा सहयोग गर्ने सहयोगी दाता चु.एम.होङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथहिरुबाट मन्तव्य साथै शुुभकामना पनि व्यक्त गरिएको थियो । सृजना टोल बिकास समितिका अध्यक्ष गोविन्द गिरीले मन्तव्य दिँदै पिताको घरले हालसम्म गरेको बालसंरक्षण कार्यको प्रशंसा गर्नुभयो । बालगृहहरुको महासंघ नेपालका सचिव विजय प्रधानले वर्तमान अवस्थामा कास्की जिल्लामा ३८ बालगृहमा १२८४ बालबालिकाहरु रहेको र अब देशमा नयाँ कानुन बनेलगत्तै बालकल्याण कार्यमा केही अन्यौलता रहेको साथै उक्त अन्योलतालाई हटाउन स्थानिय निकाय तथा तहले विशेष ध्यानदिनुपर्ने, बालगृहमा भएका बालबालिकाहरुको कुरा सुन्नुपर्ने भन्ने कुरामा जोड दिनुुभयो साथै बालगृहको संख्यमा भन्दा पनि गुणस्तरमा जोड दिनुपर्ने कुरा राख्नुुभयो । त्यसैगरी बालगृहहरुको महासंघ नेपालकी उपाध्यक्ष गोमा ढकालले हामी प्रत्येक व्यक्तिहरु पनि बालबालिकाहरुको हक अधिकारप्रति सचेत हुनुपर्ने । नयाँ कानुन आएसँगै बालकल्याणको पाटो कसले हेर्ने हो भन्ने अन्यालता कायम रहेको साथै जस्तै परिस्थिति भएपनि बालबालिकाहरु अन्योलमा नपरुन भन्नुुभयो । साथै जिल्ला बालकल्याण समिति कास्कीका सदस्य शिव शर्मा चापागाईले पनि आफ्नो मन्तव्य राख्नुुभयो तथा बाल अधिकार श्रोत व्यक्ति तथा कार्यक्रमका विशेष अतिथी बद्री प्रसाद वाग्लेले कास्कीका बालगृहहरु सुधारात्मक रुपमा अघि बढेको र अन्य जिल्लाका तुलनामा कास्कीका बालगृहहरुको अवस्था राम्रो भएको भन्नुुभयो । अन्त्यमा मन्तव्य दिँदै कार्यक्रमका प्रमुख अतिथी तथा वडा नं ८का वडाध्यक्ष रुद्रनाथ बरालले हामी परिवर्तनको संघारमा छौँ, बालबालिकाहरु सम्बन्धी नयाँ निति निर्माण भईरहेको अवस्थामा हरेक अन्योलता सबैजना मिलेर समन्वय गर्दे अघि बढ्नुपर्नेकुरा जाहेर गर्नुभयो । साथै आफ्नो वडामा रहेको यस एकमात्र बालगृहलाई चाहिने हरेक प्रकारको सहोग गन आफुु सँधै तयार रहेको भनि बताउनुुभयो । मायाको चिनो प्रदान गरेपश्चात संस्थाका अध्यक्ष आइतमान तामाङले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *