सुदुरपश्चिममा अझै रोकिएन भुकम्पको धक्का, बझाङ केन्द्रविन्दु भएर फेरि ५.४ रेक्टरको भूकम्प

नेपाल मुख्य समाचार


पोखरा। सुदूरपश्चिम प्रदेशमा केहिदिन यता भूकम्पको धक्का महसुस भएको छ । शनिबार राती ८ बजेर १२ मिनेट जादा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङको पाटादेवल केन्द्र विन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

भूकम्पको धक्का दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली कञ्चनपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।
पछिल्ला दिनमा सुदूरपश्चिममा भूकम्प लगातार भूकम्प आइरहेको छ । यसै सातामा आएको यो चौथो भूकम्प हो ।

गत मङ्गलबार मध्यराति दुई बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प आएर डोटीमा छ जनाले ज्यान गुमाएका थिए भने पाँच जना घाइते भएका थिए साथै सयौँ घर क्षतिग्रस्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *