पि.सी.सी– ए सि एनको सामुदायिक सेवा (मिसन) केन्द्र भवन शिलान्यास

नेपाल मुख्य समाचार स्थानिय समाचार

पोखरा, १ मंसिर २०७९ ।


पोखरेली ख्रीष्टिय समुदाय र यस अन्तर्गतको सामाजिक कार्य गर्ने संस्था असल छिमेकी नेपालको मिशन केन्द्र भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नेपालमा चर्च इतिहासको ७० औँ वर्ष र ए सि एनको २० औँ सेवाको वर्षको अवसरमा पोखरा–११, फुलबारी स्थित भवन निर्माण स्थलमा पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत चर्च पाष्टर अगुवाजन, असल छिमेकी नेपालका कार्यकारिणी समिति तथा कर्मचारीहरु साथै आई.एन एफ नेपालका पदाधिकारी र थुप्रै शुभचिन्तकको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा शुरुको प्रार्थना नेपाल ख्रीष्टिय रामघाट मण्डलीका एल्डर डा.दिपेन्द्र गौतमले गरेपश्चात कार्यक्रममा नयाँगाउँ चर्चका पाष्टर तथा पो.ख्री स मिशन समितिका अध्यक्ष ग्रीष्म केशब पराजुलीले वचन बाट उत्साह दिनुभएको थियो । उहाँले सबैजना नेपाली चर्च स्थापनाको ७० वर्षको अवसर र एक ऐतिहासिक क्षणमा सहभागी हुन पाउँदा एकदमै आशिषित भएको र सबै कुराको श्रेय परमेश्वरलाई दिनुपर्ने कुरा राख्नुभयो । कार्यक्रममा असल छिमेकी नेपालका कार्यकारणी निर्देशक राजु अधिकारीले मिशन सेन्टरको औचित्य र त्यसले भविष्यमा राखेको उद्धेश्यको विषयमा प्रकाश पार्नुभयो ।


शिलान्यास कार्यक्रमको सुरुवात पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा.हरिराम घिमिरेले जगमा इटा राखेर गर्नुभयो । त्यसपश्चात विभिन्न मण्डलीका पाष्टर तथा संघ संस्थाबाट आउनुभएका विभन्न व्यक्तिले एक एक इटा थपेर शिलान्यास कार्यक्रम अगाडी बढेको थियो । अन्त्यमा उपस्थित सबैलाई मिशन समिति सदस्य पा.राम रोकाहाले धन्यवाद दिनुभयो । अन्तिम प्रार्थना असल छिमेकी नेपालका अध्यक्ष पा.भरत गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन मिशन समितिका सह सचिव तथा नेपाल ख्रीष्टिय रामघाट चर्चका एल्डर प्रकाश भुजेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *