पि.सी.सी– ए सि एनको सामुदायिक सेवा (मिसन) केन्द्र भवन शिलान्यास

पोखरा, १ मंसिर २०७९ । पोखरेली ख्रीष्टिय समुदाय र यस अन्तर्गतको सामाजिक कार्य गर्ने संस्था असल छिमेकी नेपालको मिशन केन्द्र भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नेपालमा चर्च इतिहासको ७० औँ वर्ष र ए सि एनको २० औँ सेवाको वर्षको अवसरमा पोखरा–११, फुलबारी स्थित भवन निर्माण स्थलमा पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत चर्च पाष्टर अगुवाजन, […]

पुरा पढ्नुहोस् ...

असल छिमेकी नेपालद्वारा सामुदायिक इकाइ भवन हस्तान्तरण

सिरानचोक, गोरखा असल छिमेकी नेपाल, पोखराले पोखरेली खीष्टिय समुदाय पोखरा, सिरानचोक गाउँपालिका गोरखा तथा विभिन्न दातृनिकायको समन्वय तथा आर्थिक सहयोगमा सिरानचोक गाउँपालिका, वडा न. १, भिरसिङ्गमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण सम्पन्न गरी स्थानीय निकाय तथा लाभग्राही समुदायलाई हस्तान्तरण गरेको छ । फागुन ७ गते आयोजित हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङ, […]

पुरा पढ्नुहोस् ...

विपन्न चेपाङ समुदायलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

पाेखरा, माघ २७ गते । पोखरेली ख्रीष्टिय समुदायको सामाजिक पहलका रूपमा सामाजिक कार्य गर्ने उद्देश्यसहित स्थापित संस्था असल छिमेकी नेपालले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. २ का ८५ र वडा नं. ५ का पनि ८५ गरी कुल १७० परिवारलाई खाद्यान्न सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ । राहतका प्रत्येक घरपरिवारलाई लगभग ६,३४१ बरारको […]

पुरा पढ्नुहोस् ...

असल छिमेकी नेपालद्वारा ८५ घरधुरीलाई राहत वितरण

पोखरा, कार्तिक १९ गते । असल छिमेकी नेपालले म्याग्दीको धवलागिरी गाउँपालिकामा असार २५ गते गएको पहिरोको प्रभावमा परेका आर्थिक विपन्नता, कमजोर, वृद्ध र शारिरीक अपाङ्गता भएका ८५ घर धुरी परिवारहरुलाई राहत वितरण गरेको छ । पोखरेली ख्रीष्टिय समुदायको समाजिक अंग असल छिमेकीले प्रति परिवार २६८२ बराबरको खाद्यान्न सामाग्रीहरु गाउँपालिकाको समन्वय, स्थानिय वडा कार्यालयको प्रत्यक्ष रोहवरमा […]

पुरा पढ्नुहोस् ...