विश्वभर १३ लाख भन्दा बढिको कोरोना भाइरस बाट मृत्यु

मुख्य समाचार स्वास्थ्य

पोखरा, कात्तिक ३० गते। विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख भन्दा बढि पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर कोरोना भाइरसका कारण १३ लाख ११ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

सबैभन्दा बढि अमेरिकामा दुई लाख ४५ हजार ६०० बढिको कोभिड–१९ बाट मृत्यु भएको छ । ब्राजिलमा एक लाख ६५ हजार ६५८, भारतमा एक लाख २९ हजार ६३५ तथा बेलायतमा ५१ हजार ८५८ जनाको ज्यान गएको छ ।

विश्वभर कुल संक्रमितको संख्या पाँच करोड ३९ लाख २९ हजार सात सय भन्दा बढि पुगेको छ । अमेरिकामा सबैभन्दा धेरै एक करोड ९ लाख चार हजार भन्दा धेरै तथा भारतमा ८८ लाख १४ हजार भन्दा बढि संक्रमित भएका छन् ।

यसैगरि ब्राजिलमा ५८ लाख ४८ हजार, फ्रान्समा १९ लाख १५ हजार, रुसमा १८ लाख ८७ हजार, स्पेनमा १४ लाख ५८ लाख, बेलायतमा १३ लाख ४७ हजार, अर्जेन्टिनामा १३ लाख चार हजार, कोलम्बियामा ११ लाख ९१ हजार, इटालीमा ११ लाख ४४ हजार तथा मेक्सिकोमा १० लाख तीन हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *