Pokhara lockdown

सुनसान पोखरा र निषेधाज्ञामा निषेध गरिएका कार्यहरु

बिबिध मुख्य समाचार

निषेधाज्ञा भदौ २–७ गतेसम्म

२०७७ भाद्र ३ गते बुधबार

सुजन क्षेत्री

विश्वमा चिन्ताको विषय बनेको कोरोना भाईरसले नेपालमा पनि आफ्नो क्रास फैलाइरहेको छ । अझ नेपालमा त यो दिनानुदिन बढ्दो क्रममा छ । पोखरामा पनि दिनानुदिन कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा सुरक्षाका मापदण्ड सावधानीहरुलाई कडाईका साथ पालना गर्न स्थानीय तह र प्रदेश सरकारहरुले भदौं २ गते राती १२ बजे देखि ७ गते राती १२ बजेसम्म लकडाउन र निषेधाज्ञा जारी गरेका छ . जिल्ला प्रशाशन कार्यालय कास्कीले निषेधाज्ञाको समयमा जारी गरेका सेवा तथा कार्यहरु सार्वजनिक गरेको छ .

  • अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिडडुल गर्न,
  •  मानिसहरु भेला जम्मा ह’न, भीडभाग गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरु गर्न,
  • एम्बुलेन्स, दमकल, शववाहन, खाद्य सामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु पानी बोक्ने सवारी साधान, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थयकर्मीहरुले डियुटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सावारी साधनहरु, औषधी तथा स्वास्थय सेवाका सामग्री बोकेका सावरीसाधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सावारी साधनहरु, मालबाहक सावरी साधन, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सावरी साधनहरु बाहेकका यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरु (चार पाङ्गे, र दुर्ई पाङग्रे) संचालन गर्न .
  •  विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारको शैक्षिक संस्था, तािलम तथा प्रशिक्षण केन्द्रहरु गैरखाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मल, स्टोर तथा पसलहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना फिटनेश सेन्टर, स्पा, स्विमीङ पुल, व्युटी पार्लर, र्शैलुन, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ पसलहरु, लगायतको सेवा तथा स्थलहरु खोल्न तथा सञ्चालन गर्न,
  • स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा विक्रि वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्नै बाहेकका अन्य सेवा तथा कार्यहर सञ्चालन गर्ने सरकारी तथा निजी कार्यालय तथा संस्थाहरु खोल्न
  •  बैंक, वित्तिय संस्था तथा सहकारीहरुबाट प्रवाह हुने सेवाहरु सञ्चालन गर्न, तर ए.टि.एम. तथा अनलाईन बैंकिङ्ग सेवा सञ्चालनको प्रवन्ध गर्न बाधा नपर्ने .
  • क्वारेन्टिनका लागि तोकिएका होटल बाहेकका अन्य होटल तथा रेष्टुरेण्टहरु खोल्न तथा सञ्चालन गर्न,
  • नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसावधानीहरुको पूर्ण पालना गरी निर्माणस्थल तथा उद्योग परिसर भित्रै वा निश्चित स्थानमा क्वारेन्टिनको व्यवस्था गरी कामदारहरु बाहिर आवतजावत नहुने गरी सञ्चालित निमाृण कार्य तथा उद्योगहरु बाहेकका अन्य निर्माण तथा उद्योगहरु सञ्चालन गर्न
  • खाद्यान्न, फलफूल, तरकारी, माछा, मासु दुध, डेरीजन्य पसलहरु बिहान ५ बजे देखि ८ बजेसम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिईकोले सो अवधि बाहेकको समयमा सञ्चालन गर्न .मंगलबार राति १२ बजे देखि लागु भएको लकडाउनले बुधबार पोखराको बजार सुनसान रहेको छ । अत्यावश्यक बाहेकाका सावारी साधन पूर्ण रुपमा बन्द छन . कोरोना सन्क्रमण द्रुत गतिमा बड्न थाले सँगै लागु गरिएको यसपालीको निषेधाज्ञा आम नागरिकहरुले पनि पछिल्लो लकडाउन भन्दा बढी सम्बेदन शिल रुपमा लिएको पाइएको छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *