विश्व बैंकद्धारा नेपाल सरकारलाई ९ अर्ब ५० करोड ऋण

आर्थिक नेपाल मुख्य समाचार

काठमाडौं, पुष ७ गते । सरकारले विश्व बैंकसँग रू ९ अर्ब ५० करोड ऋण सम्झौता गरेको छ । दुई ठूला परियोजनाका सञ्चालन गर्न अर्थ मन्त्रालय र विश्व बैंकबीच सोमवार एक कार्यक्रमका बीच ऋण सम्झौता गरिएको हो । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।
विश्व बैंकद्वारा स्वीकृत ऋण सहयोगमा सञ्चालन हुने ग्रामीण उद्यमशीलता र आर्थिक विकास रूरल इन्टरप्राइज एन्ड इकोनोमिक डेभलपमेन्ट परियोजनाले कृषि उत्पादनको बजार पहुँचलाई प्रवर्द्धन गर्नेछ । यसबाट खासगरी महिलाले नेतृत्व गरेका उद्यमहरूको विकासमा सहयोग पुग्ने बताइएको छ ।
सम्झौतापछि ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानलाई अभिवृद्धि गर्ने बताइएको छ । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले आयोजना कार्यान्वयनमा गएपछि नेपालको कृषि र बजारको सम्बन्धलाई स्थापित गर्ने र कृषि–व्यवसायमा बढ्ने प्रतिस्पर्धाले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानलाई सघाउ पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *