बजेट : कोरोनाका बेला काममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिइने

आर्थिक नेपाल मुख्य समाचार

पोखरा,जेठ १६ । सरकारले कोरोनाको जोखिमका बेला फ्रण्टलाइनमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै निजी आवास निर्माण र छोराछोरीलाई अध्ययन गर्न सहुलितय दरको ऋणको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी आउँदो आर्थिक वर्षमा कर्मचारीको १ लाखसम्मको कोरानो बीमा निःशुल्क गर्ने व्यवस्था पनि सरकारले गर्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै गरी सरकारले एक लाख रुपैयाँसम्मको कोरोना बीमा गर्दा लाग्ने रकमको आधा ब्यहोर्ने भएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले १ लाख रुपैयाँसम्मको कोरोना बीमा गर्दा तिर्नुपर्ने प्रिमियमको आधा रकम सरकारले ब्यहोर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । तर यो व्यवस्था आउँदो साउनदेखि मात्र लागु हुनेछ । अहिले १ लाख रुपैयाँको कोरोना बीमा गर्दा एक जनाको वार्षिक १ हजार र पारिवारिक बीमा गर्दा १ लाख रुपैयाँको प्रतिव्यक्ति ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *