रौतहट र बारामा थप ९ जनामा संक्रमण पुष्टि, कुल ३०४ पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लो परीक्षण रिपोट अनुसार रौतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र रौतहट माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिला हुनुहन्छ भने बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूष हुनुहन्छ । सबैको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *