नेपालमा १७ जना कोरोना सङ्क्रमित थपिए कुल संख्या ४४४ पुग्यो
पोखरा । नेपालमा थप १७ जनामा संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो । झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै धनकुटाका ३४ वर्षका पुरुष, सुनसरी धरान उपमहानगरपालिकाका ५१ वर्षका महिलामा पनि सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।