पोखरामा ख्रीष्टमस तथा नयाँ वर्ष महोत्सव, कर्ण दास, बिझाउने काँडा लगायत समुहको बेजोड प्रस्तुति हुँदै
पोखरेली ख्रीष्टिय समुदायको आयोजना तथा मिसन सेन्टर उपसमितिको संयोजकत्व तथा सक्रियतामा पोखरामा यहि मिति २०७६ पौष ११ र १२ गते शुक्रबार र शनिबार नयाँबजार स्थित तमु धिं समाजघरमा भव्य रुपमा ख्रीष्टमस तथा नयाँ वर्ष महोत्सव हुन गईरहेको छ । महोत्सवमा आर्कषणको रुपमा राष्ट्रिय तथा स्थानिय कलाकार, व्याण्डहरुको लाइभ प्रस्तुति, हास्यव्यङ्ग्य, नृत्य लगायत अन्य थुप्रै कार्यक्रमहरु हुने जानकारी प्राप्त भएको छ । राष्ट्रिय कलाकारको रुपमा कर्ण दास लगायत चन्दा देवान, शलोमी तिमोथी, स्यामसुङ तामाङ, कौशिला राई रहेका छन भने लाइभ ब्यान्ड तर्फ बिझाउने काँडा, ग्लोरी साउन्ड, द हार्प, गलेद आराधना झुण्ड, ग्लोबल हार्भेस्ट ब्यान्ड, फ्रन्ट लाइनर्स वारियर्सले आफ्नो प्रस्तुति दिनेछन । त्यसैगरी कार्यक्रममा उत्कृष्ट नृत्य लगायत विभिन्न चर्चका समुहको प्रस्तुति पनि रहनेछ ।
विशेष गरेर मिशन सेन्टरको कोष वृद्धि गरी सम्पुर्ण ख्रीष्टियान समुदायको दिर्घकालिन लाभको निम्ति उठेको रकम प्रयोग गरिने भएकोले पोखरेली ख्रीष्टिय समुदायले सबैलाई सहभागी भई एक अर्कामा शुभकामना आदनप्रदान तथा खुसी साटसाट गरिदिन पनि अनुरोध गरेको छ । कार्यक्रममा व्यवसाय प्रवद्र्धन, लुगा कपडा बिक्रि तथा खाजा तथा अन्य सामाग्रीका विभिन्न स्टलहरुपनि रहने हुँदा व्यवसायीहरुलाई यो सुवर्ण अवसर पनि रहेको छ । कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म हुने र टिकट मुल्य रु ५० रहेको छ ।