कोरोनाको बहानामा शुल्क लिए उजुरी दिनुस्ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, मंसिर २२ गते । अस्पतालहरुले कोरोनाको वहाना गरी शुल्क लिने गरेको पाइए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कडा रुपमा प्रस्तुत भएको छ । जनतालाई जथाभावि मनखुसी शुल्क लिन नपाउने भन्दै मन्त्रालयले शुल्क लिए उजुरी दिन माग गरेको छ । मन्त्रालयले शुल्क लिने अस्पताललाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । कोभिड–१९ को बहानामा बिरामीसँग […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसबाट निको हुने बढे, एक हजार ९६ जना सङ्क्रमित थपिए

पोखरा, मङ्सिर २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका एक हजार ९६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ । पछिल्लो २४ घण्टामा आठहजार तीनसय जनाको आरटी पीसीआर नमूनाको परीक्षण गरिएको छ । हाल १३ हजार ५८२ जनामा भाइरसको सङ्क्रमण […]

पुरा पढ्नुहोस् ...

सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सको पहल सराहनीयः प्रम ओली

काठमाडौं मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गर्नु भएको छ । ‘कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं […]

पुरा पढ्नुहोस् ...

थप एक हजार ३४३ सङ्क्रमित, दुई हजार १११ निको

काठमाडौं, मङ्सिर १८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ३४३ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको पुष्टि भएको […]

पुरा पढ्नुहोस् ...

दुई वर्षको लामो समय पछि राष्ट्रिय गैँडा गणना हुने भएको छ ।

काठमाडौँ, मङ्सिर १८ गते । गत दुई वर्षसम्म हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विसं २०७४ […]

पुरा पढ्नुहोस् ...

स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा, स्नातकको डेढ घण्टा

काठमाडौँ, मङ्सिर १८ गते । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर “एमए”को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित […]

पुरा पढ्नुहोस् ...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरामा एक व्यक्ति पक्राउ

पोखरा, मंसिर १४ गते । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका – ९ जाल्पारोडमा खाजा घर संचालन गरी बस्ने ३४ वर्षीय केशव भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनले खाजा घरमा काममा लगाइदिन्छु भनि प्रलोभनमा पारी महिलालाई शुरूमा राम्रै बोली व्यवहार गर्नुका साथै खाजा बितरणको काममा लगाएकोमा पछि खाजा घरमा आउने […]

पुरा पढ्नुहोस् ...

नेपाल टेलिकम र एनसेललाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्स दिइने

काठमाण्डौ, मंसिर १४ गते । फाइभजी सेवाको परीक्षणका लागि दूरसञ्चार कम्पनीहरुलाई फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी दिन आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यसअघि नै फ्रिक्वेन्सी नीति निर्धारण समितिमा फाइभजी परीक्षणका लागि निःशुल्क रुपमा सेवा प्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउन […]

पुरा पढ्नुहोस् ...

पालिकाको निर्णयमा विद्यालय खुल्दै

काठमाण्डौ, मंसिर १४ गते । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय सञ्चालनका आधार तय गरेपछि विभिन्न पालिकामा शैक्षिक गतिविधि सुरु हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको महिना “विद्यालय सञ्चालन कार्यढाँचा, २०७७” जारी गर्दै पालिकामा जिम्मेवारी हस्तान्त्ररण गरेपछि पालिकाले आवश्यक परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ सुरु गरेका हुन् । […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः एक हजार ७०३ संक्रमित, एक हजार २३७ निको

काठमाडौं, मङ्सिर १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको हो। पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]

पुरा पढ्नुहोस् ...

पछिल्लो २४ घण्टामा देशभर १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, मंसिर ११ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। […]

पुरा पढ्नुहोस् ...

पर्यटकहरु पोखराको प्याराग्लाइडिङमा आकर्षण हुँदै

पोखरा, मंसिर ११ गते । करिब ६ महिनादेखि बन्द रहेको पर्यटन क्षेत्रहरु विस्तारै सुचारु हुँदै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि पर्यटनका गतिविधिहरु सञ्चालन हुन थालेका छन् । लामो समयको लक डाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराका आकाशमा दैनिक ५ देखि ६ […]

पुरा पढ्नुहोस् ...

अझै छाउपडी प्रथा सहन बाध्य छन् महिला

रासस । कैलालीको टीकापुरकी दुर्गा विक स्टाफ नर्स हुन् । उनलाई प्रजनन स्वास्थ्य तथा महिलाको प्रजनन अधिकारका बारेमा राम्रो ज्ञान छ । तर आफ्नै परिवार र समाजले स्वीकृति नदिँदा समाजमा गलत अभ्यासकारुपमा रहेको छाउपडी कुप्रथा मान्न भने उनी विवश छिन् । सत्ताइस वर्षीया दुर्गालाई महिनावारीको समयमा पोषिलो खानेकुरा खानुपर्छ, सरसफाइ र आराम बढी गर्नुपर्छ भन्ने […]

पुरा पढ्नुहोस् ...

आठ महिनादेखि बन्द पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

पोखरा, मंसिर १० गते । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो । नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरी सञ्चालनमा आएको सो सङ्ग्रहालयमा खुला भएको पहिलो दिन ३३ […]

पुरा पढ्नुहोस् ...