अमेरिकी नागरिकले सोमबारदेखि कोरोनाको खोप लगाउन पाउने
एजेन्सी, मंसिर २८ गते । अमेरिकी नागरिकले भोलि सोमबारदेखि कोरोनाको खोप लगाउन पाउने भएका छन । भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख डोज सबै राज्यमा पठाइनेछ ।
यो खोपले ९५ प्रतिशतसम्म काम गर्ने बताइएको छ ।
फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ। गत बुधवार अमेरिकामा ३,००० जनाभन्दा बढीको कोभिड-१९ का कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो।