६५ बालबालिकालाई कोभिड–१९ राहत वितरण

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, कार्तिक १ गते । कोभिड–१९ महामारीले दैनिक जनजीवनमा पारेको असरलाई मध्यनजरगरि बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले पोखरा महानगरपालिका–८ सिमलचौरस्थित, होप फर चिल्ड्रेनका ६५ बालबालिकालाई राहत वितरण गरको छ ।
राहतमा चामल, दाल, तेल, नुन, मस्यौरा मेडिकल चेकअपसँगै मास्क तथा सेनटाइजर वितरण गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका विशप गोपाल क्षेत्री, डायोसिसेन याजक सशीधर चपाई, याजक ख्रिष्ट तामाङ, स्थानीय मण्डलीका याजक ऊर घले, माता मनकामना डेन्टल केयर प्रा.लि.न्यरोडका संचालक डिएच युवराज पौड्याल, होप फर चिल्ड्रेनका एच.आर.को अर्डिनेटर श्री शिवराज घर्तीमगर, पूर्व को अर्डिनेटर श्री गणेश प्रधान तथा स्टाफहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशप गोपाल क्षेत्रीले विश्वव्यापी रूपमा फैलिएको महामारी कोभिड–१९को विसम परिस्थितिमा आवश्यकतामा परेकालाई सहयोग गर्नु नै मानवसेवा भएको बताउनुभयो भने कार्यक्रममा उपस्थित सबैलाई माता मनकामना डेन्टल केयर प्रा.लि. न्यरोडका संचालक डिएच युवराज पौड्यालले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९बाट जोगिन स्वास्थ्यसम्बन्धी सबैले महत्वपूर्ण ध्यान दिन पर्ने कुरामा जोड दिनुभएको थियो भने पोखरा डायोसिसका डायोसेसन याजक सशीधर चपाईंले विश्व खाद्यदिवसको अवसर पारेर एचएफसीका बालबालिकाहरूलाई राहत वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। एचएफसीका बालबालिकाको अभिभावकको तर्फबाट श्रीमती ललिता पहाडीले होप फर चिल्ड्रेनले गर्दै आएको सामाजिक काम तथा शिक्षाको क्षेत्रमा बालबालिकालाई पुऱ्याएको योगदान तथा महामारीको अवस्थामा पनि वास्ता गरि राहत उपलब्ध गराएकोमा आभार प्रकट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *