रियल म्याड्रिडले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगको उपाधी जित्यो

अन्तराष्ट्रीय खबर खेलकुद फोटो मुख्य समाचार समाचार


। शनिबार राति युक्रेनको किइभमा भएको फाइनलमा लिभरपुलाथि ३–१ को जित दर्ता गर्दै रियले उपाधि जितेको छ । स्पेनी महारथी रियल मड्रिडले लगातार तेस्रोपटक युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । संघर्षपूर्ण पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि लिभरपुलले उच्च गोलकर्ता महम्मद सलाहलाई पहिलोहाफबाटै विश्राम दिएको थियो । रियलका डिफेण्डिर सर्जियो रामोससँगको च्यालेन्जका क्रममा सलाहले काँधमा चोट बोकेका थिए । तर, चोटका कारण खेलको ३० औं मिनेटमा नै उनले रुँदै मैदान छाड्नु प¥यो । यो लिभरपुलका समर्थकका लागि पनि च्याम्पियन्स लिगको उपाधिको सपनामा धक्का थियो ।
सलाहको अनुपस्थितिको फाइदा रियलले दोस्रो हाफको शुरुमै उठायो । करिम बेञ्जिमाले ५१ औं मिनेटमा रियललाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि साडियो मानेको गोलमार्फत् लिभरपुलले खेलमा फर्किएको सङ्केत गरेको थियो । तर, गारेथ बेलले उत्कृष्ट प्रदर्शनसँग ६४ र ८३ औं मिनेटमा गोल गरेपछि लिभरपुल अगाडी बढ्न सकेन । किभमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन ‘म्याच विनिङ’ रहृयो । उनका दुई मध्ये ओभर हेड किकमार्फत गरेको गोल त युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ । बेल म्यान अफ दि म्याच बने । खेलमा लिभरपुलका गोलरक्षक लोरिसको प्रदर्शन विर्सनलायक रहृयो । बेन्जिमा र बेलको दोस्रो गोल उनकै गल्तीका कारण भएको थियो ।
रियले च्याम्पियन्स लिग उपाधि उचालेको समग्रमा १३ औं पटक हो । त्यस्तै पाँचौ सिजनमा क्लवले जितेको यो चौथो उपाधि हो । रियलका प्रशिक्षक जिनेदिन जिदानका लागि भने तेस्रो वर्षमा यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *