युरोपमा बालबालिकालाई विद्यालय फर्काउने तयारी
एजेन्सी । गएको हप्ताबाट कोरोना संक्रमणको दर केही घटेपछि जमर्नी, बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरुले आउँदो हप्ताबाट विद्यालय खुलाउने तयारी गरेका छन् ।ती देशहरुमा सुरक्षाका उपायसहित बालबालिकाहरुलाई विद्यालय फर्काउने तयारी सुरु भएको बीबीसीले जनाएको छ । भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउन तथा प्रतिबन्धको कारण लामो विश्वका धेरैजसो बालबालिका घरमै बस्न बाध्य भएका छन् ।
घरबाट वैकल्पिक पढाइको व्यवस्था भए पनि त्यो बालबालिकाका लागि प्रभावकारी नभएको गुनासो बढिरहेको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख १८ हजार नाघेको छ । यसमध्ये आठ लाख ५४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । एक करोड ७९ लाख १७ हजारभन्दा धेरै निको भएका छन् । अमेरिकामा मात्रै संक्रमतिको संख्या ६२ लाख नाघेको छ । विद्यालय खुल्ने तरखर गरेतापनि मास्क र सामाजिक दुरी कायम गर्ने वा नगर्ने भन्ने बिषयमा विवाद कायमै छ ।